एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिन पाउने आज अन्तिम दिन रहेको छ।
कम्पनीले असोज ७ गतेदेखि यो समूहका लगानीकर्ताहरूका लागि आईपीओ खुला गरेको हो। यस अन्तर्गत ४ लाख ९७ हजार ९२ कित्ता सेयर छुट्याइएको छ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते एसवाई प्यानललाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डले स्वीकृति दिएका अनुसार, कम्पनीले कुल ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता सेयर (मूल्य बराबर ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ) सार्वजनिक गर्न पाउनेछ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।