दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा उच्च गिरावट


काठमाडौँ । दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा परिसुचकमा उच्च गिरावट भएको छ । आज मंगलबार नेप्से परिसूचक २.३७ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेर २६००।३५ बिन्दुमा बन्द भएको छ ।

आज बजारमा ४ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । २१५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा आएका सबै परिसूचक घटेको छ । बैंकिङ १.३२ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, वित्त १.१२ प्रतिशत, जलविद्युत २.७४ प्रतिशत, होटल तथा पर्यटन २.७२ प्रतिशत, लगानी १.९१ प्रतिशत, जीवन बीमा १.८६ प्रतिशत, उत्पादनमूलक १.८५ प्रतिशत, लघुवित्त १.८७ प्रतिशत, सामूहिक लगानी कोष ०.८८ प्रतिशत र निर्जीवन बीमा २.०४ प्रतिशत र अन्य ४.८३ प्रतिशत व्यापार प्रतिशतले घटेका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।