काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सिजन मानिन्छ । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए । पर्यटन क्षेत्रमा २ ३ र २४ भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर परेको देखिएको छ । आन्दोलनपछि नेपाल असुरक्षित भएको भन्दै घुम्न आउन बुकिङ गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका थिए ।
बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् । यस्तै, ओसेनिया ७ हजार ३ सय १४ र मध्यपूर्वबाट २ हजार ३ सय २८ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।










प्रतिक्रिया