१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौँ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

परिपक्व अवधि सात वर्ष रहेको यो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

यो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले आज असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।

ऋणपत्रको साँवा भुक्तानी २०८९ असोज २३ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन पनि सकिन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।