राष्ट्र बैंकले कार्डमार्फत गरिने कारोबारको सीमा घटायो

अब दिनमा ५० हजार मात्र निकाल्न पाइने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डेबिट कार्डबाट गरिने कारोबारको रकमको सीमा घटाएको छ ।

राष्ट्र बैंकले डेबिट कार्ड मार्फत प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजार र प्रति महिना ३ लाख रुपैयाँ कारोबार गर्न सकिने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थामा बैंकले शुक्रबार बैंक तथा वित्तिय संस्थाहरुलाई सर्कुलर पठाएको छ । सर्कुलरमा डेबिट कार्डमार्फत गरिने कारोबारको रकम घटाउन आह्वान गरेको छ ।

यसअघिप्रति कारोबार २५ हजार, प्रतिदन १ लाख र प्रति महिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।