काठमाडौँ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पुँजीबजार सुधारको लागि लगानीकर्ताहरुको माग अनुसार नीतिहरु खुकुलो पारेका छन् । तर पूँजीबारमा दीर्घकालीन सुधार देखिएको छैन ।
यसअघि अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन पनि बुझाई सकेको छ ।
त्यस्तै, नेप्सेको अन्तिम मूल्य गणना विधि समेत परिमार्जन गर्न अर्थमन्त्रीले निर्देशन दिएका थिए । अर्थमन्त्रीको निर्देशनसँगै सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि पनि खारेज भएको थियो ।
राष्ट्र बैंकले पनि सेयर बजार सुधारको लागि सेयर धितो कर्जाको सीमा हटाउने र संस्थागत लगानीकर्तासम्बन्धी व्यवस्थालाई सहज बनाएको छ । राष्ट्र बैंक र अर्थमन्त्रालयको निर्णयहरुले बजारलाई सकारात्मक दिशा दिने आशा गरिएको थियो । तर, लगानीकर्ताहरुको माग अनुसार सबै नीतिगत अवरोधहरु हटाएपनि बजारमा दीर्घकालीन उत्साह देखिन सकेको छैन । यसको मुख्य कारण देशमा भएको जेन जी आन्दानले सिर्जना गरेको राजनीतिक अस्थिरता र अनिश्चितता रहेको बजार विश्लेषकहरुले बताएका छन् ।
बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो । पछि संस्थागतको सीमा बढाउँदै खारेज गरेको थियो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा त्यसलाई पनि खारेज गरेको थियो ।
यस्तै जसले बैंकहरूसँग अधिक तरलता भएको अवस्थामा पनि सेयर कारोबार गर्न पाएका थिएनन् । बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई पनि हटाइएको थियो । संस्थागतको सीमा बढाउँदै खारेज गरेको थियो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा त्यसलाई पनि खारेज गरेको थियो ।
राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खुकुलोे पार्ने सर्कुलर जारी गरेपछि लगानीकर्ताहरुमा सुरुमा उत्साह देखिएको थियो । यद्यपि त्यो उत्साह टिक्न सकेन र आइतबार बजारमा भारी गिरावट आएको छ ।
राष्ट्र बैंकले डोरी फुकालिदिएपनि देशव्यापी रुपमा भएको आन्दोलन, हिंसा र त्यसपछिको सिर्जित राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबलमा गम्भीर चोट पुर्याएको ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटको भनाई छ । उनका अनुसार, “अर्थतन्त्रमा बाह क्षेत्र र वित्तीय नीतिहरुमा गरिएको सुधार आफैँमा महत्त्वपूर्ण छ । तर पूँजी बजार विश्वासले चल्छ ।” देशभर आन्दोलन हुँदा, व्यापारिक गतिविधिमा अवरोध हुँदा र राजनीतिक भविष्य अनिश्चित हुँदा लगानीकर्तामा डरको वातावरण सिर्जना हुने र यो डर हटाउन नीतिगत सुधारले तत्काल काम नगर्ने उनको बुझाई छ ।
देशमा देखिएको राजनीतिक अनिश्चितताले गर्दा लगानीकर्ताहरुमा आशा भन्दा पनि डर हावी भएको छ । जसको परिणाम आइतबार नेप्सेमा भारी गिरावट आएको छ ।
आइतबार नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ अंकमा पुगेको छ । कारोबारमा आएका ३२४ कम्पनीमध्ये ९ ओटाको सेयर मूल्य बढ्दा २४२ ओटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आइतबार ६७ हजार २०२ पटकको कारोबारमा १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयरहरु ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार सबै समूहको सेयर मूल्य घट्दा सबैभन्दा बढी होटल तथा पर्यटन समूह ४.८४ प्रतिशतले घटेको छ । यस्तै अन्य समूह ४.७९ प्रतिशतले घटेको बजारमा वित्त समूह ३.६७ प्रतिशत, जलविद्युत समूह ३.७९ प्रतिशत, लगानी समूह ३.१३ प्रतिशत, विकास बैंक समूह २.९३ प्रतिशतले र वाणिज्य बैंक २.३० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ३८ करोड ७ लाख ४७ हजार रुपैयाँको कारोबार सहित नेपाल रिइन्स्योरेन्स अग्र स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ७ लाख २६ हजार ६७३ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स २ हजार ३६८ पटकको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४१ खर्ब ८४ अर्ब ९३ करोड ८६ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया