काठमाडौं । सेयर बजार परिसुचकमा हरियाली देखिएको छ । सोमबार नेप्से परिसुचक ४४.२५ अंकले बढेर २५४७.६० अंकमा पुगेको छ ।
नेप्सेमा दोहारो अंकको सुधार आएपनि कारोबार रकम भने घटेको छ । सोमबार ४८ हजार ८३६ पटकको कारोबारमा ९९ लाख ४ हजार ८७४ कित्ता सेयरहरु ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार नेप्से ७८.८३ अंकले घट्दा ६ अर्ब ६१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो ।
सोमबार सबै समूहको सेयर मूल्य बढ्दा अन्य समूह सबैभन्दा बढी ५.०१ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले बढेको बजारमा व्यापार समूह २.८१ प्रतिशत, लगानी समूह २.२७ प्रतिशत, जलविद्युत समूह २.१० प्रतिशत, जीवन बीमा समूह १.९२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १.५६ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह १.४४ प्रतिशत, विकास बैंक समूह १.४१ प्रतिशतले र वित्त समूह १.०२ प्रतिशतले बढेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेष्टमाइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपालको सेयर मूल्य ९.९२ प्रतिशतले बढ्दा एनआरएनए इन्फ्रास्टक्चरको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ ।
यता कर्पाेरेट विकास बैकको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एनआरएनए इन्फ्रास्टक्चर ३१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ५ लाख २३ हजार २३३ इकाईको कारोबार सहित अग्र स्थानमा रहँदा कारोबार संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स १ हजार ६९७ पटकको कारोबार सहित अग्र स्थानमा रहेको छ ।
सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४२ खर्ब ५८ अर्ब ९२ करोड २० लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४१ खर्ब ८४ अर्ब ९३ करोड ८६ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया