काठमाडौँ । गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाटमा बिमा दाबीको एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको छ । जुन कुल बिमा दाबीको ६.८२ प्रतिशत मात्रै हो ।
का अनुसार प्राधिकरणका अनुसार हालसम्म २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत उक्त रकम दाबी गरिएको हो ।
भुक्तानीपछि १४ वटा निर्जीवन बिमा कम्पनी र ४ माइक्रो इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यस्तै सङ्ख्याको आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६५३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सम्पत्ति बिमा अन्तर्गत १९ अर्ब छ करोड ७६ लाख रुपैयाँ दाबी परेको थियो । कुल दाबीको ८१ प्रतिशतभन्दा बढी हो ।
मोटर बिमामा दुई हजार २०६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । मोटर बिमा अन्तर्गत करिब तीन अर्ब ४१ करोड छ लाख रुपैयाँ दाबी परेको थियो ।
यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ ३८ करोड तीन लाख रुपैयाँ दाबी परेकोमा अहिलेसम्म करिब ८७ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणको तथ्याङ्क छ ।
यसैगरी परिवहन बिमातर्फ बिमा दाबी १२ वटा र दाबी रकम करिब एक करोड ६३ लाख रहेको छ ।
अन्य बिमातर्फ बिमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब पाँच लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
कुन प्रदेशमा कति भयो भुत्तानी ?
बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन् । रकमका आधारमा पनि करिब ७७ प्रतिशत दाबी बागमतीमा परेको छ । प्रदेशमा १ हजार ६ सय ६९ वटा दाबी मार्फत १७ अर्ब ४८ करोड ३९ लाख रुपैयाँको दाबी १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ भुत्तानी भइसकेको छ ।
यता, कोशी प्रदेशमा ३ सय ९६ वटाबाट २ अर्ब ४० करोड २८ लाख रुपैयाँ दाबी परेको छ । जसमध्ये २१ करोड ७८ लाख रुपैयाँ भुत्तानी भइसकेको छ ।
यस्तै, मधेशमा ३ सय ५५ वटाबाट परेको ७० करोड ५४ लाख रुपैयाँको दाबी मध्ये २ करोड ३३ लाख रुपैयाँ भुत्तानी भइसकेको छ ।
त्यसैगरी, लुम्बिनीमा २ सय ४६ वटा दाबी परेकोमा ५ करोड ८७ लाख रुपैयाँ भुत्तानी भएको छ ।
गण्डकीमा २ सय १२ वटाबाट १ अर्ब ७३ करोड ५५ लाख रुपैयाँको दाबी परेकोमा ८ करोड ९७ लाख रुपैयाँ भुत्तानी भएको छ ।
यसैगरी, सुदूरपश्चिममा १ सय ९९ वटाबाट ३२ करोड ६७ लाख रुपैयाँ दाबी गरिएकोमा १ करोड १८ लाख रुपैयाँ भुत्तानी भएको प्राधिकरणले जनाएको छ । र कर्णालीमा २२ वटा बिमा दाबीम परेकोमा ५ लाख रुपैयाँ मात्र भुत्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।
कुन इस्योरेन्सले कति गरे भुत्तानी ?
प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी रकम भुत्तानी गरेको छ । सो कम्पनीले रु ५९ करोड ४४ लाखबराबरको रकम बिमितलाई भुक्तानी गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब ६१ करोड ४४ लाखबराबरको बिमा दाबीको आवेदन परेको थियो ।
त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाख रुपैयाँ बराबरको बिमा दाबीको आवेदन परेको थियो । सो कम्पनीले पाँच लाख ७० हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।
यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको बिमा दाबीको आवेदन परेको छ । कम्पनीले ३० करोड ४३ लाख रुपैयाँ बराबरको रकम बिमितलाई वितरण गरेको छ । शिखर इन्स्योरेन्समा दुई अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको बिमा दाबी भएको छ । सो कम्पनीले ३१ करोड ९४ लाख रुपैयाँ बराबरको रकम भुत्तानी गरेको छ ।












प्रतिक्रिया