खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा


काठमाडौँ । खानी खोला हाइड्रोपावरले सर्वसाधारण तर्फको अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । हाइड्रोपावरले ४ लाख ५९ हजार ३४९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

कम्पनीको सेयरमा विभिन्न व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले कात्तिक १२ गतेदेखि कात्तिक १९ गतेभित्र आवेदन दिनु पर्ने छ ।
इच्छुक आवेदकले सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाण्डौं र  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शाखा कार्यालयहरु : कुमारीपाटी, ठीमी, इटहरी, बिराटनगर, बिर्तामोड, बिरगंज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगंज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा बाट आवेदन दिन सक्ने छन् ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर.१०० रुपैयाँ तोकिएको छ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरिदको लागि भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

लगानी व्यवस्थापकले आफ्ना ग्राहकहरुको नामबाट आवेदन गर्दा आफ्नो आधिकारिक पत्र मार्फत तोकिए अनुरुपको सूची बनाई सम्पूर्ण आवेदकहरुको लागि गरिने लगानी रकम लगानी व्यवस्थापकले एउटा चेकमार्फत पेश गर्न सक्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दरको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन ।

बोलपत्र पेश गर्दा सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन दिनु पर्ने छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।