मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ ।  मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ३१ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक १५ गते, शनिबार, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरमा बिहान १० बजे उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्यिारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।