चालु आवको पहिलो त्रैमासमा वित्त समूहको सेयर कारोबार ८४.९६ प्रतिशतले घट्यो


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्त समूहको सेयर कारोबार ८४.९६ प्रतिशतले घटेको छ । उक्त समूहको ११ अर्ब ७७ करोड रुपैयाँको मात्र कारोबार भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा वित्त समूहको ७८ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

गत आवको पहिलो तिन महिनामा भन्दा चालु आवको तिन महिनामा समग्र सेयर कारोबारमा ४०.३३ प्रतिशतको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार चालु आर्थिक वर्षको तिन महिना(साउनदेखि असोजसम्म) मा ४ खर्ब ४९ अर्ब ३५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ७ खर्ब ५३ अर्ब १ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेयर कारोबारमा ३ खर्ब ३ अर्ब ६६ करोड २८ लाख रुपैयाँले कमी आएको छ ।

गत आवको पहिलो त्रैमासको र चालु आवको पहिलो त्रैमासमा सेयर कारोबारको विवरण हेर्दा अन्य समूहको सेयर कारोबारमा मात्र वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा अन्य समूहको सेयर कारोबारमा १३.१४ प्रतिशले सुधार आएको छ ।

चालु आवको पहिलो त्रैमासमा अन्य समूहको ४६ अर्ब ४३ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत आवको सोहि अवधिमा अन्य समूहको ४० अर्ब ९४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अन्य समूहको कारोबार रकम ५ अर्ब ४९ करोड २१ लाख रुपैयाँले सुधार आएको छ ।

२०८२/८३ र २०८१/८२ को पहिलो त्रैमासको समूहगत आधारमा कारोबार रकम (लाखमा)

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।