दमौली । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी ८ करोड ४३ लाख ४ हजार ५ सय ३ रुपैयाँ आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।
सामुदायिक वनले ८३ हजार ५ सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसअवधिमा ४० हजार ३ सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार १ सय ३ दशमलब ८० क्युफिट खयर र दुई हजार ९ सय ११ दशमलब ८६ अन्य वन पैदावर बिक्री भएको छ । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।
जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र ४ सय ४८५ वटा कबुलियती वन रहेको छ ।
वन पैदावर बिक्रीमार्फत् १ करोड २० लाख ४ हजार ९ सय ८६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ ५१ हजार ४ सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार ३ सय २४ दशमलब ८ क्युफिट खयर, ९ हजार १ सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ । रासस










प्रतिक्रिया