काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेका कम्पनीहरुमा सेयर बिक्रीमा भन्दा पनि खरिदमा चाप बढी देखिएको छ । नेप्सेका अनुसार गत असोज महिनामा कारोबारका कुल ९२ ओटा कम्पनीमध्ये ५० ओटा कम्पनीमा खरिद चाप देखिएको हो ।
कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेका कम्पनीहरुमा पनि बिक्रीमा भन्दा खरिदमा नै चाप देखिएको छ । नेप्सेमा अनुसार असोजमा कारोबार रकमको आधारमा ७ अर्ब ७८ करोड २७ लाख ६३ हजार रुपैयाँको कारोबार सहित नासा सेक्युरीटी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीबाट ३ अर्ब ९० करोड १३ लाख ८८ हजार रुपैयाँ सेयर खरिद हुँदा ३ अर्ब ८८ करोड १३ लाख ७५ हजार रुपैयाँको सेयर बिक्री भएको छ ।
कारोबार रकमको आधारमा ५ अर्ब ६२ करोड ७० लाख ९ हजार रुपैयाँको कारोबार सहित भिजन सेक्युरीटी दोस्रो स्थानमा रहेको छ । उकत कम्पनीबाट २ अर्ब ९० करोड ५४ लाख ८८ हजार रुपैयाँको सेयर खरिद हुँदा २ अब ७२ करोड १५ लाख २१ हजार रुपैयाँको सेयर बिक्री भएको छ ।
यस्तै कारोबार रकमको आधारमा तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटीले ४ अर्ब ३६ करोड ६७ लाख ४६ हजार रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीबाट २ अर्ब ४३ करोड ४ लाख ९५ हजार रुपैयाँको सेयर खरिद हुँदा १ अर्ब ९३ करोड ६२ लाख ५० हजार रुपैयाँको सेयर बिक्री भएको छ ।
चौथो स्थानमा रहेका क्यापिटल म्याक्सले ३ अर्ब १७ करोड २ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीले १ अर्ब ७७ करोड ८१ लाख ४३ हजार रुपैयाँको सेयर बिक्री गर्दा १ अर्ब ७८ करोड ९५ लाख ६४ हजार रुपैयाँको सेयर खरिद गरेको नेप्सेले जनाएको छ ।
यस्तै पाँचौँ स्थानमा रहेको एबीसी सेक्युरीटीज् कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । उक्त कम्पनीबाट १ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको सेयर बिक्री हुँदा १ अर्ब ६० करोड ७ लाख ३७ हजार रुपैयाँको सेयर खरिद गरेको छ ।










प्रतिक्रिया