काठमाडौं । सेयर बजार परिसुचकमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से ६२ं२९ अंकले बढेर २५७१.३४ अंकमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका ३१४ कम्पनी मध्ये २३६ वटा कम्पनीको सेयर बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । मंगलबारको कारोबारमा ९२ लाख ४३ हजार ७२३ कित्ता सेयरहरु ४७ हजार ९४ पटक ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार नेप्से ५.१९ अंकले बढ्दा कारोबार रकम २ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ पुगेको थियो ।
मंगलबार व्यापार समूह ०.७६ प्रतिशतले घट्दा अरु सबै उपसुचकमा हरियाली देखिएको छ । विकास बैंक समूह ४.४७ प्रतिशतले बढेको बजारमा जलविद्युत समूह ३.९० प्रतिशतले, जीवन बीमा समूह ३.५५ प्रतिशत, लगानी समूह ३.१९ प्रतिशत, वित्त समूह ३.१४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह २.८० प्रतिशत, लघुवित्त समूह २.५९ प्रतिशत, निर्जीवन बीमा समूह २.५४ प्रतिशत, अन्य समूह१.९१ प्रतिशत, वाणिज्य बैंक समूह १.९२ प्रतिशतले बढेको छ ।
न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सेल विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा राधी विद्युत कम्पनीको सेयर मूल्य ९.६० प्रतिशत र लुम्बिनी विकास बैंकको सेयर मूल्य ९.३५ प्रतिशतले बढेको छ ।
समग्र बजारमा हरियाली देखिएपनि हिमालयन पावर पाटनरकोे सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ । युनिलिभर नेपालको सेयर मूल्य ३.८८ प्रतिशत, बोटलर्स नेपाल बालाजुको सेयर मूल्य ३.७७ प्रतिशत र महिला लघुवित्तको सेयर मूल्य ३.३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा हिमालयन पावर पाटनर २४ करोड ९४ लाख ६० हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ४ लाख ८५ हजार १०९ इकाईको कारोबार सहित हिमालयन पावर नै अग्रस्थानमा रहेका छ । कारोबार संख्याको आधारमा १ हजार ६९२ पटकको कारोबार सहित हिमालयन बैंक शीर्षस्थानमा रहेको छ ।
मंगलबारको कारोबार सँगै कूृल बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब ६० करोड १० लाख ७६ हजार रुपैयाँ कायम भएको छ । आइतबार कूल बजार पूँजीकरण ४१ खर्ब ९४ अर्ब ४५ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर कायम भएको थियो ।












प्रतिक्रिया