काठमाडौँ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।
२ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष रहेको ३ कित्ता शेयर सोही लगानीकर्ताहरुलाई वितरण गरिएको छ। जसअनुसार ३ जना आवेदकले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आवेदन परेकोमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ।
यस अनुसार कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए।












प्रतिक्रिया