काठमाडौँ । नेपाली बजारमा सुनचाँदी मूल्य घट्ने क्रम जारी छ । आइतबारदेखि निरन्तर ओरालो लागेको सुन बुधबार तोलामा ७०० रुपैयाँले घटेको हो ।
आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार २ हजार र मंगलबार २ हजार ९०० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९५९.३६ अमेरिकी डलर र चाँदी ४७.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया