काठमाडौँ । सिटि होटल लिमिटेडले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ ः ०.८० को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो । उक्त समयमा विक्री नभएको २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो ।
लगानीकर्ताले कात्तिक २३ गतेदखि ३० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले संस्थापक समुहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी तर्फको ६ हजार कित्ता, सर्वसाधरण तर्फको १ लाख ५४ हजार ४१९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले प्रभु क्यापिटल लि., कमलादी, काठमाडौं र प्रभु बैंक लिमिटेड, शाखा कार्यालयः विराटनगर, हेटौडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन दिनु पर्नेछ ।
बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर तथा कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि नियमक निकायले तोकिएको प्रति व्यक्ति ÷ संस्था सिमाको मा रहने गरी माग अनुसारको कित्ताका लागि आवेदन दिन सकिने छ । दशमलब ( खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन । ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वेच्छिक रूपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रूपमा आफ्नो स्थायी लेखा नं. आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।










प्रतिक्रिया