काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ११.१४ प्रतिशतले बढेको छ । तीन महिनामा निर्जिवन बीमा कम्पनीहरुले कुल साढे १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
असोज मसान्तसम्म यी कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको असोज मसान्तसम्म कम्पनीहरुले ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गरेर ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा सगरमाथा लुम्बिनीले १ अर्ब ४३ करोड ६३ लाख रु्रपैयाँ संकलन गरेको थियो ।
शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ८८ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले कमायो सर्वाधिक
लघु निर्जीवन बीमा कम्पनीहरुमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी ७ करोड ३ लाख रुपैयाँको व्यापार गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सले २२ हजार ७१५ बिमालेखबाट उक्त रकम आर्जन गरेको हो ।
यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ९९ लाख रुपैयाँ कमाएको छ । कम्पनीले २५ हजार ४२४ बीमालेखबाट उक्त रकम संकलन गरेको हो ।
ट्रष्ट माइक्रो र स्टार माइक्रोले क्रमश ६ करोड ९९ लाख, ६ करोड ९५ लाख र ५ करोड ७२ लाख रुपैयाँको व्यापार गरेका छन् । बीमालेख संख्याको आधारमा प्रोटेक्टिभ माइक्रोले सबैभन्दा बढी बीमालेख संकलन गरेको छ । २५ हजार ४ सय २४ वटा बीमालेख बिक्री गरेका छन् । यता, ट्रष्ट माइक्रो इन्स्योरेन्सले १९ हजार २ सय ५१ वटा बीमालेख बिक्री गर्दा स्टार माइक्रोले २४ हजार २ सय ४१ वटा बीमा लेख बिक्री गरेको छ ।












प्रतिक्रिया