भैरहवा भन्सारबाट ३ महिनामा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन


देवदह । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार रुपैयाँ र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ सङ्कलन भएको छ ।

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।