वीरगञ्ज नाकाबाट निर्यात बढ्यो ,२६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात


पर्सा । वीरगञ्ज गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ ।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम ३ महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।

चालु आवको ३ महिनामा १३ अर्ब ९८ करोड रुपैयाँ मूल्यका ६ करोड ७१ लाख ३ हजार ३ सय ८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यसैगरी, चालु आवको ३ महिनामा २ अर्ब ७ करोड रुपैयाँ मूल्य पर्ने २ करोड १२ लाख ४८ हजार ३ सय ८३ लिटर जुस निर्यात भएको छ । साथै १ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने ३ करोड ६८ लाख ४८ हजार ३ सय ८ लिटर सूर्यमुखीको प्रशोधित तेल र ९७ करोड रुपैयाँ मूल्यका २ करोड ४९ लाख ५ हजार १ सय ८५ थान कपडा र ६६ करोड रुपैयाँ मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  ०७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।