सोलु हाइड्रोपावरले २ अर्बको सेयर निष्कासन गर्ने


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन  गर्न अनुमती दिएको छ ।

कम्पनीले २ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । जसमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  ०७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।