काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ९७.७० प्रतिशतले घटेर ४४ लाख ४७ हजार रुपैयाँमा सिमित भएको छ भने विद्युत बिक्री आम्दानी ३.०३ प्रतिशतले बढेर ५७ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल नाफा ४.०९ प्रतिशतले बढेर ५१ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालन मुनाफा ३.६३ प्रतिशतले बढेर ३८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २२ करोड २१ लाख रुपैयाँबाट घटेर १६ करोड ६६ लाख रुपैयाँमा झरेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको े प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.०१ गुणा रहेको छ।
चुक्ता पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।










प्रतिक्रिया