सोनापुर मिनरल्सको नाफा ७८८.९१ प्रतिशतले बढ्यो


काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको नाफा ७८८.९१ प्रतिशत बढेको छ। कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २३ करोड ३५ लाख २५ हजार रुपैयाँ कुल नाफा रहेको छ । जुन गत वर्षको भन्दा ७८८.९१ प्रतिशतले बढी हो ।

कम्पनीले गत वर्ष २ करोड ६२ लाख ७१ हजार रुपैयाँ कुल नाफा कमाएको थियो ।

यता, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफामा पुगेको छ।
बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशतले बढेर ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५८.१६ प्रतिशतले बढेर १२ करोड २५ लाख २ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ७१.३० गुणा रहेको छ।

चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख र जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ०८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।