सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौँ । सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।