सुपर मादि हाइड्रोपावरले ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने


काठमाडौँ । सुपर मादि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै बैठकले पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।