सुनको भाउ तोलामा करिब ३ हजारले बढ्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ करिब ३ हजारले बढेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी तोलामा ३५ रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६५.२७६ अमेरिकी डलर र चाँदी ५०.०० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।