काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार बढेको छ । आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको छ ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका ३३४ वटा कम्पनीका १ करोड ३३ लाख ८१ कित्ता सेयरहरु ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ६६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको बजारमा लगानी समूह २ प्रतिशत बढेका छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । सबै उपसुचकमा सुधार आउँदा पनि म्युचुअल फण्ड समूह सामान्य घटेको हो ।
सागर डिष्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको बजारमा छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
यता, पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ६५ करोड ६० लाख रुपैयाँको कारोबार सहित एनआरएन इन्फ्रास्ट्रक्चर शीर्षस्थानमा रहेको छ












प्रतिक्रिया