काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको बताएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको बताएका हुन्।
आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल ग्राहस्र्थ उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको उनले उल्लेख गरे ।
‘धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या देखिएको छ, उनले भने, ‘निर्णय नै गर्न नखोज्ने र गर्नै परे पनि डराउने प्रवृति देखिएको छ, इन्जिनियर कमजोर बन्दा ठेक्का सम्झौता प्रभावित हुने देखिएको छ, ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेकाले कानूनी रुपमा पुष्टि हुने गरी शीघ्र निर्णय गर्नुपर्दछ ।’
उनले इन्जिनियहरु आफ्नो प्राविधिक विषयमाभन्दा पनि विकास आयोजनामा सामाजिक तथा वातावरणीय विषयहरु सम्हाल्न मै बिताउनु पर्ने अवस्था रहेको उल्लेख गरे ।










प्रतिक्रिया