काठमाडौँ । नेपाल बिमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले आफूसँग भएको रकम मुद्दती निक्षेपमा विभिन्न वाणिज्य बैँक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो ।
इच्छुक बैंकहरूलाई सात दिनभित्र आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेस गर्नुपर्ने छ ।
सिलबन्दीसँगै बैंक–वित्तीय संस्थाले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, त्रैमासिक वित्तीय विवरण, निष्क्रिय सम्पत्ति ९एनपीएल०, कर्जा निक्षेप अनुपात ९सीडी रेसियो०, पुँजी पर्याप्तता कोषलगायतका कागजात समावेश गर्नुपर्ने पा्रधिकरणले जनाएको छ ।












प्रतिक्रिया