सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने


काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सो बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि  बैठकले गरेको छ।

 

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।