काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको वृद्धि देखिएको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेर २६५५.९९ अंकमा पुगेको छ ।
नेप्से लगातार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । कारोबारमा आएका ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता सेयर १ लाख २ हजार ६४२ पटक किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ अंकमा पुग्दा ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
मंगलबार होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.४० प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा बढीले बढेको छ । यता व्यापार समूह सबैभन्दा १.३३ प्रतिशतले घटेको छ ।
झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको बजारमा बन्दीपुर केबलकारको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४.९६ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा बन्दीपुर केबलकार २६ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । हिमालयन रिइन्स्योरेन्स २४ करोड रुपैयाँको कारोबार सहित दास्रो स्थानमा रहेको छ ।












प्रतिक्रिया