काठमाडौँ । नेपाली बजारमा सर्वत्र उपलब्ध हुने तयारी खाना कुरकुरे कुरमुरे र चिजबलको आन्तरिक उत्पादन बढदै गए पनि आयात रोकिएको छैन ।
पछिल्लो समय यीखाद्य वस्तुहरुको आन्तरिक उत्पादन सँगै निर्यात पनि बढ्दै गएको छ । स्वदेशमै उत्पादनहुने भएपनि नेपालीले विदेशी स्वादबिर्सिन नसक्दा वर्षेनी करोडौँ रुपैयाँको कुरकुरे, कुरमुरे र चिजबल आयात हुने गरेका छन् । यसकारण मुलुकले वर्षेनी करोडौँ रुपैयाँ खर्च गरेर यी खाद्य वस्तुहरु विदेशबाट आयात गरिरहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार छिमेकी मुलुक भारत र चीनसँगै कोरिया, मलेसिया, अमेरिका र टर्की लगायत देशबाट कुरकुरे, कुरमुरे र चिजबल आयात हुने गरेको हो । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा २७ करोड २८ लाख ३१ हजार रुपैयाँको ५ लाख ४४ हजार केजी कुुरकुरे, कुरमुरे र चिजबल आयात भएको छ ।
यो अवधिमा भारतबाट मात्र २२ करोड ३४ लाख ६२ हजार रुपैयाँको ४ लाख ९८ हजार केजी कुरकुरे, कुरमुरे लगायत खाद्य वस्तु आयातभएको छ । मलेसियाबाट ३८ हजार केजी कुरकुरे ४ करोड ३७ लाख ५४ हजार रुपैयाँमा आयात हुँदा दक्षिण कोरियाबाट ५३ लाख १६ हजार रुपैयाँको ८ हजार केजीआयातहुँदा चीनबाट ५७ हजार रुपैयाँको र मेक्सिको, अमेरिका, टर्की लगायत देशबाट २ लाख ४१ हजार रुपैयाँको ३०० केजी कुरमुरे चिजबल आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो अवधिमा नेपालबाट ७ करोड ७१ लाख ३६ हजार रुपैयाँको १ लाख ६३ हजार केजी कुरकुुरे कुरमुरे र चिजबल निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासमा २४ करोड ८८ लाख ९६ हजार रुपैयाँको ४ लाख ८८ हजार केजी कुरकुरे कुरमुरे र चिजबल आयात भएको थियो । उक्त अवधिमा पनि सबैभन्दा बढी भारतबाट २० करोड १२ लाख ५० हजार रुपैयाँको ४ लाख ३६ हजार केजी कुरकुरे लगायत वस्तुहरु आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
मलेसियाबाट ३ करोड २२ लाख १४ हजार रुपैयाँमा ३१ हजार केजी कुरकुरेजन्य खाद्य वस्तु आयात हुँदा दक्षिण कोरियाबाट ६४ लाख ८३ हजार रुपैयाँमा १० हजार केजी आयात भएको थियो । चीनबाट २६ लाख ७० हजार रुपैयाँमा ३ हजार केजी, भियतनामबाट २२ लाख ६ हजार २ हजार केजी कुरकुरे आयात भएको थियो । यस्तै मेक्सिकोबाट १ लाख ३९ हजार रुपैयाँको २३९ केजी , अमेरिकाबाट ५६ हजार रुपैयाँको ४५ केजी र अन्य देशबाट ३८ लाख७९ हजार रुपैयाँमाकरिब ५ हजार केजी कुरकुरेजन्य खाद्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्तअवधिमा नेपालबाट २ करोड ८४ लाख ६८ हजार रुपैयाँको करिब ४८ हजार केजी कुरकुरे कुरमुरे र चिजबल आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासमा २६ करोड ८२ लाख ९३ हजार रुपैयाँको ४ लाख ८४ हजार केजी कुरकुरे कुरमुरे र चिजबल आयात हुँदा भारतबाट मात्र १८ करोड १७ लाख ७८ हजार रुपैयाँको ३ लाख ९४ हजार केजी आयात भएको थियो ।
यस्तै मलेसियाबाट ७ करोड ७८ लाख ५९ हजार रुपैयाँमा७९ हजार केजी कुरकुरेजन्य वस्तु आयात हुँदा दक्षिण कोरियाबाट ४१ लाख ९ हजार रुपैयाँमा ६ हजार ६०५ केजी कुरकुरे आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकाबाट २ लाख २१ हजार रुपैयाँको, भियतनामाबाट १७ लाख ४९ हजार रुपैयाँको, मेक्सिकोबाट १ लाख ९२ हजार रुपैयाँको कुरकुरेजन्य वस्तु आयात हुँदा अन्य मुलुकबाट २२ लाख ७७ हजार रुपैयाँको कुरकुरे कुरमुरे र चिजबल आयात भएको थियो ।
उक्त अवधिमा नेपालबाट ४ करोड ६० लाख ३९ हजार रुपैयाँको ९१ हजार केजी कुरकुरे कुरमुरे र चिजबल निर्यात भएको थियो ।
नेपालमा कुरकुरे, करुमुरे र चिजबलको उत्पादन बढ्दै गएपनि विदेशी ब्राण्डको माग बढी भएका कारण आयात रोकिन सकेको छैन् । यसरी स्वदेशी उत्पादन भएपनि विदेशी स्वादमा उपभोक्ताको बढ्दो आकर्षणले गर्दा देशको मुद्रा बाहिरिरहेको छ ।










प्रतिक्रिया