तोलामा ९०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा सामान्य वृद्धि


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १६१.८४ अमेरिकी डलर र चाँदी ५२.०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।