काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले रैथाने खाना महोत्सव गर्ने भएको छ ।
संघको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले प्रदेश अन्तर्गत १३ वटै जिल्लामा महोत्सव आयोजना गर्ने निर्णय गरेको अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।
बैठकले व्यवसायी र प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आतिथ्यता व्यवस्थापन तालिम र डिजिटल क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै सबै जिल्ला संघहरूलाई प्रविधिमैत्री बनाएर जिल्ला भित्रका पर्यटकीय, धार्मिक, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक आदि सम्पदाहरूको आन्तरिक तथा बाह्य रूपमा प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने उद्येश्यका साथ सबै जिल्ला संघहरूका आआफ्ना वेवसाइट निर्माण गर्ने पनि निर्णय गरेको छ ।










प्रतिक्रिया