सुनको मूल्य ताेलामा २२ सय रुपैयाँले बढेसँगै फेरी नाघ्यो साढे २ लाख


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेसँगै पुनः साढे २ लाख नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७३.६५ अमेरिकी डलर र चाँदी ५३.७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।