काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनी बताउँछन् ।
‘आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ । नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौं’, उनले भने ।
निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नु पर्ने आवश्यकता रहेको उनले बताए । अर्थतन्त्रका एजेन्डाहरूमा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए ।
यस्तै, उनले सिईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहाना अनुसार काम हुने गरेको उनले गुनासो गरे । अध्यक्ष ढकालले भने, ‘सीईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ । तर यदि सिईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन । यस्तो किसिमको गतिविधि सबैतिर रहेको छ ।’












प्रतिक्रिया