काठमाडौँ । सेयर बजार परिसुचकमा करेक्सन आएको छ । बुधबार नेप्से ५.०३ अंकले घटेर २६०९.०३ अंकमा पुगेको छ ।
बुधबार ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९८४ कित्ता सेयरहरु ९१ हजार ३९४ पटक किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से ७.३९ अंकले बढेर २६१४.०७ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार उत्पादन तथा प्रशोधन समूह ९८.८८ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ । निर्जीवन बीमा समूह सबैभन्दा बढी ३८.५९ अंकले घटेको बजारमा जीवन बीमा समूह २८.४९ अंकले घटेको छ । जलविद्युत समूह २२.६८ अंकले, विकास बैंक समूह १५.९५ अंकले, लघुवित्त समूह १४.६५ अंकले र वित्त समूह १३.२५ अंकले घटेको छ ।
समग्र बजार घट्दा पनि स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य ८.६७ प्रतिशतले र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ७.१४ प्रतिशतले बढेको छ ।
यता, झापा इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको छ । ज्याेती विकास बैंक २०८७ बण्डको मूल्य ५.८७ प्रतिशतले घट्दा हिम स्टार ऊर्जाको सेयर मूल्य ५.०५ प्रतिशत, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ४.५९ प्रतिशत र माबिलुङ इनर्जीको सेयर मूल्य ४.४९ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमको आधारमा श्रीनगर एग्रिटेक २६ करोड ३९ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ङ्यादी ग्रुप पावर ४ लाख २१ हजार ७२५ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर एग्रिटेक ३० हजार ८०२ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बुधबारको कारोबारसँग बजार पूँजीकरण ४३ खर्ब ८० अर्ब ६२ करोड २९ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४३ खर्ब ८९ अर्ब ८ करोड १७ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया