काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गको ईको पहिरो रोकथामका लागि तत्काल ठेक्का खुलाउन निर्देशन दिएका छन् । उनले आज मन्त्रालयका सचिव केशवकुमार शर्मालाई उक्त पहिरो रोकथामका लागि तत्काल ठेक्का आह्वान गर्न निर्देशन दिएका हुन् ।
यस वर्ष मनसुनजन्य विपद्का कारण पहिरो जाँदा पटक–पटक उक्त सडक अवरुद्ध भएको थियो । सो सडकखण्डमा यो पहिरो लामो समयदेखि प्रमुख समस्याको रूपमा रहेको छ । उक्त पहिरो रोकथामका लागि पहल नगरेको भन्दै स्थानीयले केहि दिनदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।
मन्त्री घिसिङले स्थानीय जनताबाट अवरुद्ध राजमार्ग खुलाउने विषयमा छलफल गरेका थिए । मन्त्री घिसिङले सचिव शर्मालाई पहिरो रोकथामको टेन्डर प्रक्रिया तुरुन्त सुरु गरी राजमार्ग अवरोध खुलाउन निर्देशन दिएका हुन् ।










प्रतिक्रिया