शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित


काठमाडौँ । शिवम् सिमेन्टको लाभांश पारित भएको छ । दशौँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१-८२ को वार्षिक साधारणसभा गरी १२.५० प्रतिशत लाभांश पारित गरेको हो ।

बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।