काठमाडौँ । दुई कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। नेप्सेमा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। नेप्सेले लक्ष्मी सनराइजको १० प्रतिशत र कालिञ्चोकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ । समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको शेयरमूल्य २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ भने कालिञ्चोकको ८६० रुपैयाँ ९५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा लक्ष्मी सनराइज बैंकको शेयर प्रतिकित्ता २३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने कालिञ्चालकको प्रतिकित्ता ९०४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।












प्रतिक्रिया