रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, ३२ हजार बढीको हात खाली


काठमाडौँ ।  रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। यी सबै आवेदनहरु स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ती मध्येकै ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीको आईपीओमा ३५ हजार १०२ जनाले आवेदन दिएका थिए । जसअनुसार ३२ हजार ७९१ जनाको हात खाली भएको छ ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।