मंसिरमा लक्ष्यको ८४.३१ प्रतिशत मात्रै राजस्व संकलन


काठमाडौँ। मंसिर महिनामा ८० अर्ब २७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले मंसिरमा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो ।

यता, सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्षको यही पाँच महिना अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । समीक्षा अवधिमा राजस्व संकलन करिब ४ अर्ब मात्रै बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा लक्ष्यको ८१.९ प्रतिशत राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।