सेयर बजारमा परिसुचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १८.३७ अंकले बढेर २६१९.९९ अंकमा पुगेको छ । मंगलबार ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँमा किनबेच भएका छन् ।

सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार होटल तथा पर्यटन समूह १०३.२७ अंकले बढेको बजारमा निर्जीवन बीमा समूह ९४.९३ अंकले बढेको छ । जीवन बीमा समूह ९२.०७ अंकले बढ्दा विकास बैंक समूह ८३.९१ अंकले, लघुवित्त समूह ४२.३ अंकले, उत्पादन तथा प्रशोधन समूह ३८.१२ अंकले अन्य समूह २६.७६ अंकले र जलविद्युत समूह २५.८४ अंकले बढेको छ । व्यापार समूह ०.५२ अंकले घटेको बजारमा अरु सबै उपसुच बढेका छन् ।

स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ७.०४ प्रतिशतले बढ्दा लुम्बिनी विकास बैंकको सेयर मूल्य ५.८१ प्रतिशतले बढेको छ ।

यता, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा बढी ४.१६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ङ्यादी ग्रुप पावर १९ करोड ८२ लाख ४५ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ङ्यादी ग्रुप पावर ४ लाख ९४ हजार १८४ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर एग्रिटेक ३ हजार ३१६ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

मंगलबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ९९ अर्ब २ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । सोमबार बजार पूँजीकरण ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।