काठमाडौँ । सेयर बजार परिसुचकमा दोहारो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १०.६६ अंकले घटेर २६१५.०३ अंकमा पुगेको छ । बिहीबार ६४ हजार २९ पटकको कारोबारमा १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयरहरु ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से ५.७ अंकले बढ्दा कारोबार रकम ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार निर्जीवन बीमा समूह २४.१४ अंकले बढेको बजारमा व्यापार समूह १८.३४ अंकले र होटल तथा पर्यटन समूह ०.३५ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा साकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ९.५६ प्रतिशतले बढ्दा सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ४.८७ प्रतिशत र सप्तकोशी विकास बैंकको सेयर मूल्य ४.४४ प्रतिशतले बढेको छ ।
यता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ । गुहेश्वरी मर्चेन्टको सेयर मूल्य ३.१३ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबार रकमको आधारमा बाराही हाइड्रोपावर २४ करोड ७२ लाख ३४ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा गरिमा समृद्धि योजना ९ लाख ९० हजार १२० इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर एग्रिटेक ३ हजार ४९८ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बिहीबारको कारोबारसँगै कूल बजार पुँजीकरण ४३ खर्ब ९० अर्ब ६९ करोड ७९ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । बुधबार बजार पुँजीकरण ४४ खर्ब ८ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया