कतिले पाए सालपा विकास बैंकको आईपीओ ?


काठमाडौँ । सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँड गरिएको छ। जस अनुसार १७ हजार २३८ आवेदकले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष रहेको ८ कित्ता शेयर, सोही आवेदकहरुमा बाँडफाँड गरिएको छ। यस अनुसार ८ जना आवेदकले थप १ कित्ता शेयर अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।