सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट, सबै उपसुचक राताम्मे


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० अंकमा पुगेको छ । आइतबार ७० हजार ५७६ पटकको कारोबारमा १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयरहरु ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १०.६६ अंकले घटेर २६१५.०३ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार सबै उपसुचकमा गिरावट आउँदा सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.६३ प्रतिशतले घटेको छ । जीवन बीमा समूह १.५२ प्रतिशतले घट्दा विकास बैंक समूह १.४२ प्रतिशतले, वित्त समूह १.३८ प्रतिशतले, व्यापार समूह १.०१ प्रतिशतले घटेको छ ।

समग्र बजार घट्दा पनि एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १०.२५ प्रतिशत सिटिजन्स बैंकको डेभेन्चर मूल्य ९.८३ प्रतिशतले बढेको छ ।

यता, सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नारायणी विकास बैंकको सेयर मूल्य ७.५५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा स्वस्तिक लघुवित्त१३ करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा शिव श्री हाइड्रोपावर ४ लाख ८३ हजार ५९३ इकाईको कारोबार सहित अग्र स्थानमा रहँदा कारोबार संख्याको आधारमा स्वस्तिक लघुवित्त ४ हजार ८० पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।