सेयर बजार परिसुचकमा हरियाली, सबै उपसुचकमा सुधार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसुचकमा हरियाली देखिएको छ । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ अंकमा पुगेको छ । कारोबारमा आएका ३२८ कम्पनीका १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयरहरु ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साता कारोबार भएको अन्तिम दिन बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार सबै उपसमूहमा सुधार आउँदा जीवन बीमा समूह सबैभन्दा २४७.१६ अंकले बढेको बजारमा निर्जीवन बीमा समूह १८३.८५ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १५५.३२ अंकले, विकास बैंक समूह १२१.५५ अंकले, होटल तथा पर्यटन समूह ९४.३२ अंकले, लघुवित्त समूह ६७.३२ अंकले, जलविद्युत समूह ६५.०३ अंकले, वित्त समूह ६१.१७ अंकले बढेको छ । अन्य समूह ५९.२४ अंकले बढ्दा व्यापार समूह २७.५७ अंकले र वाणिज्य बैंक समूह २२.५३ अंकले बढेको छ ।

मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा जोशी हाइड्रोपावरको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको छ । अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ६.५२ प्रतिशत, रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ५.१६ प्रतिशतले र मल्टीप्रपोज वित्त कम्पनीको सेयर मूल्य ४.८९ प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । ९ प्रतिशत आइसीएफसी फाइनान्स २०८८ को डेभेन्चर मूल्य ३.४२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर २७ करोड ६० लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा एसवाई प्यानल १७ हजार ४९१ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।