६ कम्पनीको शेयरमूल्य समायोजन


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, अप्पर हेवाखेला हाइड्रोपावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। आज यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  ०७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।