काठमाडौँ । १४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
यस दिन स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरा माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
१४ कम्पनीहरुमध्ये १२ कम्पनीहरुले भोली बुकक्लोज गर्दैछन् भने नेपाल दूरसञ्चार र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते बुकक्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।













प्रतिक्रिया