नेप्से परिसूचक १२.८३ अंक घट्यो, कारोबार रकम समेत घट्यो


काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन बुधबार बढेको नेप्से आज घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।

बुधबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो लघुवित्तको शेयरमूल्य १ हजार ४८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन २३ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी शिवम् सिमेन्टको १३ करोड ८० लाख र बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक मात्र बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।